सहकर्मी स्वास्थ्यकर्मी बलात्कार आरोपमा बैतडीबाट स्वास्थ्य चौकी प्रमुख पक्राउ

सहकर्मी स्वास्थ्यकर्मी बलात्कार आरोपमा बैतडीबाट स्वास्थ्य चौकी प्रमुख पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० भाद्र २०८१
  • 3.7K
    Shares

गाँजरी स्वास्थ्य चौकी, बैतडी

पोखरा,२० भदौ २०८१ ।

सहकर्मी स्वास्थ्यकर्मीलाइ वलात्कार गरेको आरोपमा बैतडीबाट एक जना स्वास्थ्यचौकी प्रमुखब पक्राउ परेका छन्। बैतडीको सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुख ४१ वर्षीय जनकसिंह धामी सहकर्मी स्वास्थ्यकर्मीलाइ वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

स्वास्थ्यकर्मी समेत रहेकी ३१ वर्षीया ती युवतीले आफुलाई विभिन्न प्रलोभन देखाएर स्वास्थ्य चौकी प्रमुख धामीले पटक-पटक जबरजस्तीकरणी गरेको उजुरी प्रहरीमा दिएकी प्रहरीले जानकारी दिएको छ।

अबिबाहित रहेकी ती स्वास्थ्यकर्मीको उजुरीका आधारमा स्वास्थ्य चौकी प्रमुख धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

बिबाहित रहेका स्वास्थ्य चौकी प्रमुख धामीलाई हाल अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार