झरनामा फोटो/भिडिओ खिच्दै गर्दा खसेर खोलाले बगाएका दुई जना मृत भेटिए

झरनामा फोटो/भिडिओ खिच्दै गर्दा खसेर खोलाले बगाएका दुई जना मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ भाद्र २०८१
  • 9.3K
    Shares

पोखरा,१८ भदौ २०८१ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटो/भिडिओ खिच्दै गर्दा खोलाले बगाएका चार जनामध्ये दुई जना मृत फेला परेका छन्।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रास्कोटी मृत फेला परेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपेन्द्र रावलले जानकारी दिए।

सोही ठाउँका २० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासे भने सकुशल भेटिएका छन्।

मंगलबार दिउँसो घुम्न आएका चार जनालाई अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ र १४ सिमलपानीको बिचमा पर्ने छहारामा फोटो खिच्नेक्रममा छहराले बगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार