पोखरा,१७ भदौ २०८१ ।
प्युठानस्थित एक पुरानो घरमा मानव कङ्काल भेटिएको छ। जिल्लाको माण्डवी गाउँपालिका–२
अधेरीस्थित दलबहादुर खत्रीको पुरानो घरमा मानव कङ्काल फेला भेटिएको हो ।
आइतबार बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका स्थानीयले मानव कङ्काल भेट्टाएका थिए । घर विगत सात वर्षदेखि खाली छ । मानव कङ्काल बच्चाको जस्तै देखिएको स्थानीयको भनाई छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानको प्रहरी प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेको छ ।