पोखराबाट अबैध लागू औषधसहित एक युवा पक्राउ

पोखराबाट अबैध लागू औषधसहित एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ भाद्र २०८१
  • 3.6K
    Shares

पोखरा,१७ भदौ २०८१ ।

पोखराबाट अबैध लागू औषधसहित एक जना युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं.१० ईन्द्रमार्ग बस्ने वर्ष २९ को अनिश गुरुङ अबैध लागू औषधसहित पक्राउ परेका हुन्।

उनलाई वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले शनिबार राती नौ बजे उनकै घरकोठाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनको साथबाट लागू औषध डाईजापाम २३ एम्पुल, फेनेरागन ४१ एम्पुल, नुर्फिन ३३ एम्पुल र ब्रुफिन २२ एम्पुल ,नाईट्रोभ्याट ३० चक्की, लागू औषध गाँजा नौसय ७० ग्राम र डिजिटल तराजु १ थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

अबैध लागू औषधसहित पक्राउ परेका अनिश गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार