मुग्लिन–नारायणगढ सडकखण्डमा एकाबिहानै बस र ट्रक ठोक्किए : ट्रक चालक र सहचालक घाइते

मुग्लिन–नारायणगढ सडकखण्डमा एकाबिहानै बस र ट्रक ठोक्किए : ट्रक चालक र सहचालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ भाद्र २०८१
  • 6.3K
    Shares

पोखरा,१६ भदौ २०८१ ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

मुग्निलबाट नारायणगढतर्फ गइरहेको ग २ ख ११०८ नम्बरको आएसर ट्रक र नारायणगढतर्फबाट मुग्लिनतर्फ आइरहेको ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस आज बिहान ठोक्किएका हुन्।

दुर्घटनामा ट्रक चालक र सहचालक घाइते छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

बसमा सवार सबै सकुशल रहेका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार