सेफ्टी ट्याङ्कीमा बेहोश भेटिएका घरधनीका छोरासहित तीनैजनाको मृत्यु

सेफ्टी ट्याङ्कीमा बेहोश भेटिएका घरधनीका छोरासहित तीनैजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ भाद्र २०८१
  • 5.2K
    Shares

नवलपुरको विनयी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेप्टि ट्यांकमा निसास्सिएर तीनजनाको निधन भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टि ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको निसास्सिएर निधन भएको हो।

मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार, वडा नम्बर ७ स्थित रानीनगर भन्ने ठाउँमा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टि ट्यांकभित्र काम गर्न पसेका उनीहरू बेहोस भएका थिए। बेहोश भएपछि अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशको परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा, बोगटी र मोहम्मद राजाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार