म्याग्दी बस दुर्घटना अपडेट : चालकसहित चार जना घाइते

म्याग्दी बस दुर्घटना अपडेट : चालकसहित चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० भाद्र २०८१
  • 8.7K
    Shares

पोखरा,१० भदौ २०८१ ।

म्याग्दी सदरमुकाम बेनी नजिक गलेश्वरमा आज साँझ भएको बस दुर्घटनामा परेर चालकसहित चार जना घाइते भएका छन्।

म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–६ स्थित गलेश्वर नजिकै ठूलोबौरमा सोमबार साँझ साढे पाँच बजे ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर रघुगंगा गाउँपालिका–१, तिप्ल्याङका ३० वर्षीय चालक रमेश खड्का, सोही वडा बेगखोलाका सहचालक २८ वर्षीय धनकुमार बुढा, तिप्ल्याङकै २८ वर्षीय रोशन पुर्जा र रघुगंगा गाउँपालिका–३, पिप्लेका २९ वर्षीय भुमिराज रानामगर घाइते भएको र उनीहरुक्लो हाल म्याग्दी जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

प्रहरी निरीक्षक राजन रायमाझीकाअनुसार, रोशन गम्भीर घाइते छन् भने चालक रमेश र भुमिराजको अवस्था मध्यम छ । त्यस्तै सहचालक धनकुमारको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको टाउको, हात, खुट्टा लगायत शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । सडक छेउमा ठोक्किएर बस अचानक सडकमा पल्टिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार