सुर्खेतबाट बुटवल जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : १९ जना घाइते

सुर्खेतबाट बुटवल जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : १९ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० भाद्र २०८१
  • 6.9K
    Shares

पोखरा,१० भदौ २०८१ ।

सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा दुर्घटना भएको छ।

दिउँसो साढे २ बजेतिर भएको बस दुर्घटनामा परेर १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घाइते केहीको सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको छ। बाँकी ९ जनालाई मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ। अन्यको स्थानीय अस्पतालहरूमा उपचार जारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार