पोखरा,१० भदौ २०८१ ।
तनहुँको ऑबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दीमा शुक्रबार खसेको भारतीय बस निकाल्ने काम शुरु भएको छ। उक्त दुर्घटनाग्रस्त बस झिक्न क्रेन प्रयोग गरिएको छ।
उक्त बस झिक्न यतिबेला पृथ्वी राजमार्गको मुग्लिन – आँबुखैरेनीखण्डमा सवारी आवागमन बन्द गरिएको छ भने अत्यावश्यक वा बिरामीलाई वारपार गराउने ब्यबस्था गरिएको छ भने दुबैतर्फ एम्बुलेन्सहरु तयार अवस्थामा राखिएका छन।
गत शुक्रबार भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो भने १६ जना घाइते छन्।