काठमाण्डौको बुद्धनगरमा स्नुकर सञ्चालक वान्तवाको हत्या

काठमाण्डौको बुद्धनगरमा स्नुकर सञ्चालक वान्तवाको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० भाद्र २०८१
  • 4.7K
    Shares

पोखरा,१० भदौ २०८१ ।

काठमाडौँको बुद्धनगरमा खाजाघर र पुलहाउसका सञ्चालकको हत्या भएको छ।

काठमाडौँ महानगरपालिका- १० शंखमुलमा संचालित ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’का सञ्चालक रुपक बान्तवाको गएराती हत्या भएको हो।

वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको र उपचारका लागि सिभिल अस्पताल लगिएपनि ज्यान जोगाउन नसकिएको काठमाडौै‌ उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।

बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनको हत्या कसले र किन गर्यो खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार