पोखरा,१० भदौ २०८१ ।
सहकारीले जम्मा गरेको बचत रकम फिर्ता नदिंएपछि काठमाडौँमा सहकारी पीडितले गरे आत्महत्या गरेका छन् ।
मोरङको विराटनगर घर भएका सहकारी पीडित आमोद चतुर्वेदीले काठमाडौँमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलस्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका चतुर्वेदी सो सहकारीले बचत रकम फिर्ता नगरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
मृतकको शव परिक्षणका लागि शिक्षण अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । चर्तुेवेदी सहकारीमा जम्मा गरिएको बचत रकम लिनका लागि दुई वर्षदेखि धाउँदै आएका थिए । उनले सो सहकारीमा २५ लाख बचत गरेको कान्ति भैरव पीडित सँघर्ष समितिले जनाएको छ ।
उनी सहकारीमा जम्मा गरेको पैसा फिर्ता नपाउँदा बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको भन्दै तनावमा थिए । आफ्नै समेत खुट्टा भाँचिए पनि उपचार गर्न नपाएको उनको गुनासो थियो ।