पोखराका दुई युवा अवैध लागूऔषध सहित स्याङ्जामा पक्राउ

पोखराका दुई युवा अवैध लागूऔषध सहित स्याङ्जामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ भाद्र २०८१
  • 6.8K
    Shares

पोखरा,९ भदौ २०८१ ।

पोखराका दुई युवा अवैध लागूऔषध सहित स्याङ्जामा पक्राउ परेका छन्। बुटवलबाट अबैध लागू औषध लिएर लु २ ख ५८४ नम्बरको बसमा पोखरातर्फ आउँदै गरेका पोखराका दुई युवालाई प्रहरीले स्याङ्जामा पक्राउ गरेको हो।

पोखरा महानगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय सुवास गुरुङ र पोखरा -३ का २२ वर्षीय दिनेश सिंह १९ एम्पुल डाईजेपाम, २० एम्पुल फेनरागन र नोर्फिन २१ एम्पुल सहित वालिङ् नगरपालिका -८ केदारनाथ मन्दिर स्थित सिद्धार्थ राजमार्गबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

वडा प्रहरी कार्यालय वालिङ्बाट खटिएको प्रहरी टोलीले गत शुक्रबार बिहान ११:३० बजे केदारनाथ मन्दिर स्थित सिद्धार्थ राजमार्गमा उनीहरु चढेको लु २ ख ५८४ नम्बरको बस चेकजाँचका क्रममा अबैध लागू औषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।

नियन्त्रणमा लिइएका दुईजनालाई लागू औषध मुद्दा दर्ता गरी आइतबार स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार