पोखरा,९ भदौ २०८१ ।
मुग्लिन-नारायणगढखण्डको घुमाउनेमा एकाबिहानै बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस सडक छेउमा पल्टिएको छ।
उक्त बस भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए। त्यस बस दुर्घटनामा १० जना सामान्य घाइते भएका छन्।
साइडमा रहेको बारले जोगाउँदा बस नदीमा खस्नबाट जोगिएको छ । विवरण आउँ बाँकी छ।