सुनकोशीमा कार खस्यो, एक जनाको उद्धार, कार र अन्य यात्रुको खोजी जारी

सुनकोशीमा कार खस्यो, एक जनाको उद्धार, कार र अन्य यात्रुको खोजी जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ भाद्र २०८१
  • 9.9K
    Shares

पोखरा,८ भदौ २०८१ ।

सिन्धुलीस्थित सुनकोशी नदीमा एक निजी कार खसेको छ। जिल्लाको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ।

कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५:३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार