पोखरा,८ भदौ २०८१ ।
अविरल वर्षापछि आएको पहिरोले मुग्लिन-काठमाण्डौ सडकको काेईरालेमा र सिद्धार्थ राजमार्गको पाल्पा कुहिरे भिरमा सडक अवरुद्ध भएको छ।
सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका वडा नम्बर ०३ मा पर्ने माथिल्लो शिद्धवावा र ड्यामको बिचमा रहेको कुहिरे भिरबाट पहिरो खस्दा राजमार्ग पूर्णरुपमा नबन्दा भएको छ।
यसैगरी मुग्लिन-काठमाण्डौ सडकको काेईरालेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। उक्त पहिरो हटाउन तीन वटा डोजरहरु लागि परेका छन्। सडक खुल्न करीब आधा घण्टा लाग्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ।