पोखरामा स्कुल सडकबाट तल खस्दा पार्किङ गरी राखिएका तीन वटा ट्याक्सी कच्याक कुचुक भएका छन्।
पोखरा महानगरपालिका वडानम्बर १७ धारीपाटनचोकमा न्युमोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको बस सडकबाट तीन मिटर तल खस्दा तीन वटा ट्याक्सी कच्याक कुचुक भएका हुन्।
प्रहरीका अनुसार ग १ ज २९३४ नं. को ट्याक्सी अगाडि र पछाडी , ग १ ज ४१८० नं. को ट्याक्सी बम्पर र सिसा फुटेको र ग १ ज २२४१ नं. को ट्याक्सी अगाडिको भागमा क्षति पुगेको छ ।
बिद्यार्थी बोकेको उक्त स्कुल बस चालकले नियन्त्रण गुमाई सडकबाट तीन मिटर तर खस्न पुगेको थियो । चालक कृष्ण बहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बसमा २० जना विद्यार्थी थिए । विद्यार्थीलाई भने कुनै चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।