पोखरा,६ भदौ २०८१ ।
गुल्मीको गुल्मी दरबार गाउँपालिकाको स्कार्पियो गाडी अर्घाखांचीमा दुर्घटनाग्रस्त हुँदा दुई जना वडाध्यक्षसहित तीन जना घाइते भएका छन्।
कपिलवस्तुबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको स्कार्पियो गाडी अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ घुम्ती नजिकै रिब्दीमा दुर्घटनाग्रस्त हुँदा दुई जना वडाध्यक्षसहित तीन जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठूलापोखराका वडाध्यक्ष कमल पौडेल र गुल्मी दरबार गाउँपालिकाका प्रवक्ता एवं वडा–७ का वडाध्यक्ष सालिकराम टण्डन तथा गाडी चालक हिमाल राना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।
दुर्घटनामा घाइतेहरुको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतितसिंह राठोरले बताए ।
उक्त जिप अनियन्त्रित भई सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।