पहिरो पन्छाएर नागढुंगा सडक एकतर्फी खुलाइयो, पुन: खस्नसक्ने

पहिरो पन्छाएर नागढुंगा सडक एकतर्फी खुलाइयो, पुन: खस्नसक्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ भाद्र २०८१
  • 9.5K
    Shares

पोखरा,५ भदौ २०८१ ।

नेपालको राजधानी काठमाडौँ प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा अवरुद्ध भएको त्रिभुवन राजपथ अहिले एकतर्फी खुलेको छ।

साँझ ५ बजेबाट एकतर्फी खुलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

काठमाडौँ प्रवेशको मुख्य नाका त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा नजिक विहान १० : २० बजेको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको थियो।

दिनभर वर्षा जारी रहेकाले पछिरो पन्छाउन समस्या भएको थियो। अहिले वर्षा केही रोकिएकाले पहिरो पन्छाएर एकतर्फ खुलाइएको हो।

नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार नागढुंगाको सुरक्षा चौकीबाट करिब तीन सय मिटर पर ठूलो पहिरो खसेको थियो। तीन वटा एक्स्साभेटरको प्रयोग गरेर पहिरो पन्छाइएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार