पोखरा,५ भदौ २०८१ ।
धनगढीमा एक शिक्षकले आफुले पढाउने छात्रालाई आफ्नै बहिनीको कोठामा लगेर यौन दुर्ब्यबहार गरेका छन्।
धनगढीको नमुना प्राविधिक माध्यमिक बिद्यालयका शिक्षक २२ वर्षीय बिष्णु तिमिल्सेनाले आफैले पढाउने १७ वर्षीया छात्रालाई आफ्नै बहिनीको कोठामा लगेर यौन दुर्ब्यबहार गरेका हुन्।
बाजुराको त्रिबेणी नगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला धनगढी उप-महानगरपालिका वडा नं. ८ मा बस्दै आएका शिक्षक तिमिल्सेनाले आफैले पढाउने १७ वर्षीया छात्रालाई धनगढी १ पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा लगेर गत महिनाको ३० गते दिउँसो यौन दुर्ब्यबहार गरेको प्रहरीले जानकारी दिएको छ।
शिक्षक तिमिल्सेनालाई गत आइतबार पक्राउ गरी आबश्यक अनुसन्धानका लागि हिरासतमा रखिएको प्रहरीले जनाएको छ। अहिले उनीमाथि कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको बताइएको छ।