पोखरा,४ भदौ २०८१ ।
अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक युवाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका-१३, सिमलपानीका ३५ वर्षीय बिष्णु थापाको पहिरोले पुरिएर मृत्यु भएको हो।
अविरल वर्षासंगे माथिबाट आएको पहिरोले गोठ पुरिन थालेपछि गोठमा रहेका पशुचौपाया जोगाउन जाँदा मंगलबार बिहान थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत पुरिएर मरेका प्रहरीले जनाएको छ ।