बुटवलमा गएराती मोटरसाइकलले ठक्कर दिएको स्कुटर हुत्तिएर बोलेरो जिपमा ठोक्किंदा युवतीको मृत्यु

बुटवलमा गएराती मोटरसाइकलले ठक्कर दिएको स्कुटर हुत्तिएर बोलेरो जिपमा ठोक्किंदा युवतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ भाद्र २०८१
  • 7.5K
    Shares

पोखरा,४ भदौ २०८१ ।

बुटवलमा गएराती मोटरसाइकलले ठक्कर दिएको स्कुटर हुत्तिएर बोलेरो जिपमा ठोक्किंदा एक जना युवतीको मृत्यु भएको छ।

बुटवल बेलबास शान्तिचोकमा हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको लु ८७ प ४५७३ नम्बरको स्कुटर हुत्तिएर लु १ च ६७८३ नम्वरको बलेरो जिपमा ठोक्किंदा स्कुटर चालक अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षिया शुष्मा श्रेष्ठको मृत्यु भएको हो।

प्रहरीका अनुसार , बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गियाबाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठक्कर खाएका थिए । तिव्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्वरको बलेरो जिपको मुनी पुगेकी थिईन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

रातीको समयमा ३ वटै सवारी साधन तिव्र गतिमा भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाले जानकारी दिए। बोलेरो चालक प्रहरी नियन्त्रणमा छन भने मोटरसाईकल चालक ठक्कर दिए लगत्तै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार