सुनसरीमा मजदुरको बिभत्स तरीकाले हत्या : शंकश्पद तीन जना पक्राउ

सुनसरीमा मजदुरको बिभत्स तरीकाले हत्या : शंकश्पद तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ भाद्र २०८१
  • 4.5K
    Shares

पोखरा, ३ भदौ २०८१ ।

सुनसरीमा एक जना मजदुरको बिभत्स तरीकाले हत्या गरिएको छ। जिल्लाको गढी गाउँपालिका-६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो ।

सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका ऋषिदेवको गढी गाउँपालिका–२ मा हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।

उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनको हत्यामा संलग्न रहेको आशंकामा शंकश्पद तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार