चितवनमा गएराती आफैले चलाएको मोटरसाइकल पल्टिदा बरिष्ठ प्रहरी हवल्दार श्रेष्ठको मृत्यु

चितवनमा गएराती आफैले चलाएको मोटरसाइकल पल्टिदा बरिष्ठ प्रहरी हवल्दार श्रेष्ठको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ भाद्र २०८१
  • 8.3K
    Shares

पोखरा, ३ भदौ २०८१ ।

गएराती आफैले चलाएको मोटरसाइकल पल्टिदा एक जना बरिष्ठ प्रहरी हवल्दारको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ स्थित बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल राती पौने तीन बजे पल्टिदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो ।

लमजुङ राइनस नगरपालिका-६ धमेलीकुवास्थायी घर भै हाल चितवनको त्ननगर नगरपालिका-१५ खोलेसिमलमा बस्दै आएका प्रहरी बरिष्ठ हवल्दार ४३ वर्षीय श्रेष्ठ उक्त दुर्घटनामा गम्भीर घाइते भएकोमा उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहान ३ बजेर १९ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी आफैं मोटरसाइकल चलाएर चितवनको खोलेसिमलस्थित निवासमा आउने क्रममा बिहानपख पौने तीन बजेतिर दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार