दुबईबाट आएका युवा अर्काको श्रीमती भगाउदै गर्दा धनगढी विमानस्थलबाट पक्राउ, महिला श्रीमानको जिम्मामा फिर्ता

दुबईबाट आएका युवा अर्काको श्रीमती भगाउदै गर्दा धनगढी विमानस्थलबाट पक्राउ, महिला श्रीमानको जिम्मामा फिर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ भाद्र २०८१
  • 8.3K
    Shares

धनगढ़ी बिमानस्थल

पोखरा, २ भदौ २०८१ ।

अर्काकी श्रीमती भगाएर जहाज चढ्न धनगढी विमानस्थल पुगेका एक युवालाई प्रहरीले बिमानस्थलबाटै पक्राउ गरेको छ। सुनसरी घर भएका सुलेमान मनसुरीलाई प्रहरीले धनगढी विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार , मनसुरी आफ्नो प्रेमिका भनिएकी कैलालीको लम्की चुहा नगरपालिका–८ की ३५ वर्षीया महिलालाई भगाउन दुबईबाट धनगढी आएका थिए।

मनसुरी र ती महिला केही समयदेखि सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा रहेका थिए। मनासुरीले दुई जना छोराकी आमा समेत रहेकी ती महिलालाई घरबाट भगाएर जहाज चढ्न धनगढी विमानस्थल पुगेका बेला शुक्रबार दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अर्काको श्रीमती भगाउने मनासुरीलाई समातेर कारबाहीका लागी भनेर हिरासतमा राखेको छ भने महिलालाई छुटाएर उनका श्रीमानको जिम्मा लगाई घर पठाएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार