गट्ठाघर दुर्घटना : प्रहरी प्रमुख कुँवरलाई छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन, मृतकको भयो सनाखत

गट्ठाघर दुर्घटना : प्रहरी प्रमुख कुँवरलाई छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन, मृतकको भयो सनाखत


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३२ साउन २०८१
  • 7.6K
    Shares

गट्ठाघर दुर्घटनामा मृत्यु भएका ओखलढुङ्गाका उत्तम कोइराला

पोखरा, ३२ साउन २०८१ ।

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् भने उक्त दुर्घटनामा म्र्तियु भएका व्यक्तिको सनाखत भएको छ।

आइजीपी वसन्त कुँवरलाई निर्देशन दिंदै गृहमन्त्री लेखकले भनेका छन्,” गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै उनले भने “गठ्ठाघरकाे दुर्घटनामा के भएको हाे ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।”

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा मृत्यु भएका स्कुटर चालक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए ।

उनको को घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार