पोखरा, ३२ साउन २०८१ ।
बागलुङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गलकोट नगरपलिकामा दरमखोलाले बगाउंदा गलकोट १० घर भई हाल सोही नगरपालिकाको वडा नं ६ मा बस्ने ४२ वर्षीय रमेश परियारको मृत्यु भएको हो।
माछा मार्न दरमखोला गएका परियारलाई सोही खोलाले बगाएको उनकै २४ वर्षीय भाई मनोज परियारले प्रहरीलाई जानकारी दिएका छन्। अहिले खोलामा प्रहरी, स्थानीय लगायतको सहायतामा खोजीकार्य जारी रहेको प्रहरीले जानेको छ !