डोटीमा एकाबिहानै बस दुर्घटना : १६ जना घाइते

डोटीमा एकाबिहानै बस दुर्घटना : १६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३२ साउन २०८१
  • 7.6K
    Shares

पोखरा, ३२ साउन २०८१ ।

डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटनाग्रस्त हुँदा १६ जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा घाइते भएका साबि जनालाई तत्काल उद्धार गरेर उपचारका लागि सुजङ अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ ।

बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार