रौतहटमा गएराती एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या

रौतहटमा गएराती एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० साउन २०८१
  • 6.2K
    Shares

पोखरा, ३० साउन २०८१ ।

रौतहटमा गएराती एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

गौर नगरपालिका–५ घर भएका ७४ वर्षीय अनिरुद्ध महतो (कोइरी) को गएराती धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

घर नजिकैको धान खेतमा रहेको अर्को घरमा बस्दै आएका महतोको शव बुधबार बिहान धान खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्।

घरदेखि झण्डै तीन सयमिटर पर धानखेतमा मृत भेटिएका महतोको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका गहिरो चोट देखिएको डिएसपी गिरीले बताइन्। उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ।

‘हत्या कसले र किन गर्‍याे भन्ने बारेमा अनुसन्धान शुरु गरिएको तर कोही कसैलाई पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार