पोखरा, २८ साउन २०८१।
चितुवाको आक्रमणबाट चितवनमा एक व्यक्ति घाइते भएका छन्। जिल्लाको कालिका नगरपालिका ६ लबडाँडा निवासी कालिका नगरपालिका ६ लबडाँडा निवासी ५४ बर्षीय चन्द्र प्रसाद पौडेल चितुवाको आक्रमणबाट घाइते भएका हुन्।
लबडाँडा जंगलमा घाँस काट्न गएका पौडेललाई आज अपरान्ह ४ बजे चितुवाले आक्रमण गरेर घाइते बनाए पछि अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।