नारायणगढ-मुग्लिन सडकको गाइघाटमा दुई बस ठोक्किँदा पांच यात्री घाइते

नारायणगढ-मुग्लिन सडकको गाइघाटमा दुई बस ठोक्किँदा पांच यात्री घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ साउन २०८१
  • 8.2K
    Shares

पोखरा, २८ साउन २०८१।

पूर्व – पश्चिम राजमार्गको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत गाईघाटमा आज दिउँसो दुई वटा बस ठोक्किंदा पांच जना यात्री घाइते भएका छन्।

आज दिउसो २ः३५ बजे भरतपुर महानगरपालिका २९ गाइघाटमा पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १६२१ नम्वरको बस र पाल्पाबाट काठमाडौं जाँदै गरेको लु २ ख ६७६२ नम्बरको बस एक आपसमा ठक्कर खाँदा पाँच जना घाइते भएका हुन्

घाइतेमध्ये चार जनाको अवस्था मध्येम र एकजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

https://www.facebook.com/reel/861789408763602

प्रतिक्रिया
सम्बन्धित समाचार