धनगढीबाट चोरी भएका बहुमुल्य गरगहना खाल्डोमा गाडेको अवस्थामा भेटिए, गिरि पनि पक्राउ

धनगढीबाट चोरी भएका बहुमुल्य गरगहना खाल्डोमा गाडेको अवस्थामा भेटिए, गिरि पनि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ साउन २०८१
  • 4K
    Shares

पोखरा, २६ साउन २०८१।

धनगढीबाट चोरी भएका बहुमुल्य गरगहना खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–४ का शिक्षक योगेन्द्र ओझाको घरबाट चोरी गरिएका सुनका गरगहना धनगढी उपमहानगरपालिका–१ हुलाक लाइनको एक घरको आँगनमा खाल्डो खनेर गाडेको अवस्थामा अभेटिएको हो।

शिक्षक ओझाको घरमा कोही नभएको मौका पारेर उनको घरबाट बुधवार चोरी भएका सुनका गगहना मध्ये सुनको एउटा नौगेडी, दुई वटा मंगलसुत्र, तीन वटा सुनका माला, एउटा सुनको बाला र एकसय ६० वटा टप शनिबार खाल्डोमा गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार , ओझाको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका धनगढी–१८ फूलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीसंग सोधपुछ गर्ने क्रममा अभियुक्त गिरीले चोरीका गरगहना आफ्नो घरको आँगनमा खाल्डो खनेर गाडेको जानकारी दिएका थिए। प्राप्त सुचनाका आधारमा प्रहरीले खाल्डो खनेर हेर्दा उक्त परिमाणमा चोरीका गरगहना बरामद गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शिक्षक ओझाको घरबाट गिरीले चोरी गरेका सुनको एउटा नौगेडी, २ वटा मंगलसुत्र, ३ वटा सुनका माला, एउटा सुनको बाला र १६० वटा टप खाल्डोमा गाडिएको अवस्थामा भेटिएको बताए। प्रहरीले घटनास्थल कार्य सकेर उक्त गरगहना बरामद गरेको छ।

बुधवार शिक्षक ओझाको घरमा कोही नभएको मौका पारेर गिरीले ढोका फुटाएर चोरी गरेका थिए। चोरी मुद्दामै तीन वर्ष कैद सजाय भुक्तान गरेर १७ साउनमा कैलाली कारागारबाट छुटेका गिरीले ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेका थिए।

प्रहरीले यसअघि नै गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिसकेको थियो। गिरीलाई चोरी मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार