पोखरा, २६ साउन २०८१।
बाजुरामा पहिरो जाँदा चार जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका वडा न ३ बौडी स्थित गोरु खर्कमा बिहान ९ बजेतिर पहिरो जाँदा चार जना घाईते भएका हुन् ।
उक्त पहिरोमा परेर स्थानीय प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले जानकारी दिए ।
३० परिवारकाे बसाेबास रहेकाे सो ठाउँमा पशुचौपाया समेत पुरिएको वडा अध्यक्ष बुढाले बताएका छन । घाइतेकाे उद्धारका लागि पहल भइरहेकाे र आफु घटनास्थलमै रहेकाे वडा अध्यक्ष बुढाले बताए।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलिप गिरीका अनुसार सो ठाउँमा प्रहरीको टोली गइसकेको र दुरीको हिसावमा धेरै टाढा रहेकोले प्रहरी नपुग्दा सम्म क्षतिको एकिन बिवरण प्राप्त नभएको बताएका छन । फाइल फोटो