पोखरा, २५ साउन २०८१।
बागलुङमा बाेलेराे जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। हटियाबाट बागलुङ बजार तर्फ आउदै गरेको ध१च ९५२ नम्बकाे बलेरो जिप बागलुङ जिल्ला काठेखोला गाउँ पालिका वडा नम्बर ५ मिलनचोक स्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर बागलुङ गलकोट नगरपालिका ३ हटिया बस्ने बर्ष २१ की तारा गौतम, गलकाेट ४ चमुवा बस्ने बर्ष २६ को नबिन सुवेदी ,बर्ष २३ को मदन शर्मा ,गलकाेट ८ काडेवास बस्ने बर्ष २५ की लक्ष्मी पुन, बर्ष १९ की स्मृती बुढाथोकी, बर्ष २५ को बिपिन शर्मा र गल्कोट ९ रिस्मी बस्ने बर्ष २४ को गणेश सापकोटा घाइते भएका प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरूलाई उपचारको लागि धवलागिरी अस्पताल बागलुङ पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिप अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टन जाँदा जिप दुर्घटना भएको प्रहरीले बताएको छ। सवारी चालक बागलुङ गलकोट नगरपालिका वडा नम्बर .-१ दुधिलाभाटी बस्ने बर्ष-३३ को देवेन्द्र शर्मा घाईतेको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । फाइल फोटो