१६ लाख रुपियाँ बराबरको ११ किलो चाँदीसहित धनुषाबाट भारतीय पक्राउ

१६ लाख रुपियाँ बराबरको ११ किलो चाँदीसहित धनुषाबाट भारतीय पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ साउन २०८१
  • 2.2K
    Shares

पोखरा, २३ साउन २०८१।

भारतबाट ल्याउँदै गरेको ११ किलो अवैध चाँदीसहित धनुषामा एक व्यक्ति पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत बिहार मधुवनी जिल्ला हरियानाका ४० वर्षीय सुरेन्द्र मण्डललाई पक्राउ गरेको हो ।

भारतबाट आउँदै गरेका उनलाई ११ किलो १२.५ ग्राम चाँदीसहित धनुषाको विदेह नगरपालिका ९ ईटहवाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दर्शन गिरीले जानकारी दिए । एसपी गिरीका अनुसार बरामद चाँदी १६ लाख २३ हजार ९२८ मूल्य बराबरको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार