पोखरा, २३ साउन २०८१।
महिलामाथि वलात्कार प्रयास गरेको आरोपमा बैतडीबाट एक जना प्रधानाध्यापक पक्राउ परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–१ स्थित भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत गाउँकी एक महिलालाई वलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्।
अभियुक्त खडायतले ४० वर्षीया महिलामाथि वलात्कार प्रयास गरेको आरोप प्रहरीले लगाएको छ। पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
अभियुक्त खडायत बिरुद्ध जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जानकारीदिएको छ।