पोखरा, २३ साउन २०८१।
जाजरकोटमा मंगलबार जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्। जाजरकोट सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका–६ भ्यारे जाँदै गरेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप मंगलबार दुर्घटना हुँदा जिपचालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वलीकाे मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर घाइते भएका १४ जनामध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको अहिले जिल्लाअस्पताल जाजरकोटमा उपचार भैरहेको प्राप्त समाचारमाजनाइएको छ।
उक्त बोलेरो जिप सदरमुकामदेखि करिब १० किलोमिटर पश्चिम नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलस्थित भेरे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप सडकबाट करिब दुईसय ५० मिटर तल खसेको जाजरकोटका प्रहरी प्रमुखसमेत रहेका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए।
बोलेरो जिप दुर्घटना भएलगत्तै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको उनले जानकारी दिए।






