गुल्मीमा पहिरोले बगाउदा चार जनाको मृत्यु, दुई घाइते

गुल्मीमा पहिरोले बगाउदा चार जनाको मृत्यु, दुई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ साउन २०८१
  • 3.9K
    Shares

पोखरा, २२ साउन २०८१।

गुल्मीमा पहिरोले बगाउदा चार जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनाका बिष्णु विक र हुकुम वि.कको घर पहिरोले बगाउँदा चार जनाको मृत्यु भएकाे हो भने दुई जना घाईते भएका छन ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।

मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार