काभ्रेको ढलमा बेपत्ता महिला मृत भेटिइन्

काभ्रेको ढलमा बेपत्ता महिला मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ साउन २०८१
  • 2.8K
    Shares

पोखरा, २२ साउन २०८१।

ढलमा खसेर बेपत्ता भएकी काभ्रेकी एक महिला मृत भेटिएकी छिन्। काभ्रेको धुलिखेल नगरपालिका–४ श्रीखण्डपुरमा ढलभित्र खसेर बेपत्ता भएकी रामेछापको खाडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास आज मृत भेटिएकी हुन्।

प्रहरीका अनुसार , उनी मंगलबार ढलको मकलभित्र छिरेर बेपत्ता भएकी थिइन् । बाटो हिंड्दा वर्षाका कारण उनी ढलभित्र छिर्न पुगेकी थिइन् ।

खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट अन्दाजी ३ सय मिटरजति तल खेतमा आज बिहान साढे ११ बजे उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। ।

प्रतिक्रिया
सम्बन्धित समाचार