अखिल क्रान्तिकारीका नेताद्वारा दाङमा नेविसंघ नेता मिश्रमाथि खुकुरी प्रहार

अखिल क्रान्तिकारीका नेताद्वारा दाङमा नेविसंघ नेता मिश्रमाथि खुकुरी प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ साउन २०८१
  • 2.5K
    Shares

घाइते नेविसंघ दाङका नेता शिवम मिश्रा

पोखरा, २२ साउन २०८१।

दाङमा नेकपा माओवादी केन्द्रको भात्री संगठन अखिल (क्रान्तिकारी)का नेताले नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ )का नेतालाई खुकुरी हानेर घाइते बनाएका छन्।

अखिल क्रान्तिकारीका इकाई अध्यक्ष गणेश पौडेलले दाङको बिजौरीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस परिसरमा सोमबार नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रलाइ धारिलो हरियार खुकुरी हानेर गम्भीर घाइते बनाएका हुन्। गम्भीर घाइते नेता मिश्रको हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दाङले सोमबार नै एक प्रेस बिज्ञप्ति जारी गरेर उक्त आक्रमणको निन्दा गरेको छ। नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दाङका अध्यक्ष कुलराज पोख्रेलद्वारा जारी उक्त बिज्ञप्तिमा सोमवार केन्द्रीय आयुर्वेद क्याम्पसको हाताभित्रै पठनपाठन भैरहेको बेला नेबिसंघ नेता मिश्रलाई अखिल क्रान्तिकारीका इकाई अध्यक्ष एवं स्ववियु सचिव गणेश पौडेलले धारिलो हतियार प्रयोग गरेको उल्लेख गरिएको छ।

नेता मिश्रको ज्यान मार्ने नियतले साङ्घातिक आक्रमण भएको भन्दै सोही विज्ञप्तिमार्फत घटनाको निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी दोषी उपर कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरि पीडितलाई न्याय दिन प्रहरी प्रशासनसँग माग गरिएको छ। साथै शैक्षिक सस्थाभित्र विद्यार्थीहरुलाई पठनपाठनका लागि सुरक्षाको प्रत्याभूत गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार