दाङमा जिप दुर्घटना : एक यात्रीको मृत्यु, लमजुङ मध्य नेपाल निवासी बास्तोलासहित छजना घाइते

दाङमा जिप दुर्घटना : एक यात्रीको मृत्यु, लमजुङ मध्य नेपाल निवासी बास्तोलासहित छजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ साउन २०८१
  • 7.3K
    Shares

पोखरा, २१ साउन २०८१।

दाङमा जिप दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ साढे ७ बजे शान्तिनगर–१ हाँडिचारमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा घाइते भएर उपचारार्थ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएका सल्यानको त्रिबेणी गाउँपालिका–३ टोट्केका ४६ बर्षीय यम बहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार, दुर्घटनामा परी सल्यानको त्रिबेणी गाउँपालिका–३ टोट्केका ४५ बर्षीय ऐश्वर्य केसी, सोही ठाउँका ४५ बर्षीया पार्वती केसी, ३४ बर्षीया रेखा ओली, ३१ वर्षीया रोजिका ओली, रुकुम पश्चिमको त्रिवेनी गाउँपालिका–३ निवासी २५ बर्षीया सरिता खड्का र लमजुङ मध्य नेपाल नगरपालिका–७ निवासी २४ बर्षीया लिला बास्तोला घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते पार्वती केसी र सरीता खड्काको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घनामा त्रिवेणी–३, सल्यानका ४५ वर्षीया ऐश्वर्या केसी, ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा वली, ३१ वर्षीया रोजिका वली, त्रिवेणी गाउँपालिका–३, रुकुम पश्चिमकी २५ वर्षीया सरिता खड्का र मध्यनेपाल नगरपालिका–७, लमजुङकी २४ वर्षीया लिला बास्तोला घाइते भएका थिए।

सामान्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि जिप चालक फरार छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार