आज देशका यी स्थानमा वर्षातको सम्भावमा

आज देशका यी स्थानमा वर्षातको सम्भावमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० साउन २०८१
  • 4.7K
    Shares

वर्षात, rain

पोखरा, २० साउन २०८१।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

देशभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार