पोखरा, १८ साउन २०८१।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित तीन जना नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यमा चुनिएका छन्।
गएको बुधबार बसेको केन्द्रीय कमिटीले दिएको जिम्मेवारी बमोजिम अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालसहितको केन्द्रीय सदस्य छनोट समितिले कास्कीका तीन सहित तीनसय ४४ जना केन्द्रीय सदस्यहरूको नाम टुङ्ग्याएको हो ।
एकीकृत समाजवादीको विधानमा दुईसय ९९ सदस्यीय केन्द्रीय समिति हुने प्राबधान छ। तर झण्डै डेढ सय बढाएर केन्द्रीय कमिटी घोषणा गरिएको छ ।
उक्त समितिले टुङ्ग्याएको केन्द्रीय समितिको सूचीमा पोखरा महानगरका मेयर आचार्यका साथमा कास्कीकै कृष्ण नेपाली र सीता पौडेलको नाम पनि समावेश छ। आज समावेश भएका तीन जना केन्द्रीय सदस्यहरुमा आचार्य र नेपाली यसभन्दा अघिको केन्द्रीय समितिमा पनि समाबेश थिए।
एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । तर झण्डै डेढ सय बढाएर केन्द्रीय कमिटी बनाइएको छ ।