काठमाण्डौको सिनामंगलस्थित झर्ना गेस्ट हाउसमा मृत भेटिए, जोडी युवा-युवती

काठमाण्डौको सिनामंगलस्थित झर्ना गेस्ट हाउसमा मृत भेटिए, जोडी युवा-युवती


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ साउन २०८१
  • 4.9K
    Shares

मृत जोडी

काठमाडौंको सिनामंगलस्थित एक गेस्ट हाउसको कोठाभित्र एक जोडी महिला र पुरुष मृत भेटिएका छन्।सिनामंगलस्थित झर्ना गेस्ट हाउसको कोठा नम्बर ४०२ मा बाजुराको त्रिवेणी-४ का २३ वर्षीय भरत बहादुर सार्की र अन्दाजी २० वर्षीया करिश्मा सार्की मृत भेटिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रबक्ता अधिकारीका अनुसार, साउन १५ देखि उक्त गेस्ट हाउसमा बस्दै आएका करिश्मा घाँटी काटिएको अवस्थामा र भरत सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेका एसपी अधिकारीले जानकारी दिए।

शुक्रबार दिउँसोसम्म खाना खान नउठेपछि बन्द कोठा खोल्न पुगेको प्रहरीले सवा १ बजेतिर ढोका खोलेर हेर्दा युवतीको घाँटी काटिएको अवस्थामा र पुरुष झुण्डिएको अवस्थामा भेट्टाएको बताइएको छ।

भरत र करिश्मा हाडनाता सम्बन्धका हुन्। भरत भारतमा काम गर्दै आएका थिए भने करिश्मा गाउँमा बसेर पढ्दै आएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार