कास्कीको माछापुच्छ्रेमा चोरी गरेर भागेका चार जना दुई हप्तापछि पक्राउ

कास्कीको माछापुच्छ्रेमा चोरी गरेर भागेका चार जना दुई हप्तापछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ साउन २०८१
  • 11.4K
    Shares

कास्कीको माछापुच्छरेमा चोरी गर्ने युवा समूह

पोखरा,१६ साउन २०८१।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँमा चोरी गरेर भागेका चार जना पक्राउ परेका छन्। माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जा निवासी शशीधर काफ्लेको घरमा गएको साउन ३ गते राती हतियार देखाएर धनमाल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

काफ्लेको घरमा चोरी गरेको आरोपमा माछापुच्छ्रे ४ लाहाचोक बस्ने वर्ष ४२ को सुर्य बहादुर घर्ती क्षेत्री,
सोहि गाउपालिकाको वडा नं. २ भराभरी बस्ने वर्ष ५१ को खड्क बहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नं. २१ बस्ने वर्ष ५८ को लोक बहादुर राना मगर र पोखरा ३ नदिपुर बस्ने वर्ष ३५ को राजु सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुको समूहले धारिलो हतियार देखाएर काफ्लेको घरबाट सिक्री एक थान, तिलहरी एक थान, औंठी तीन थान, रिङ तीन जोर लगायतका गरगहना, मोवाईल एक थान र नगद एक लाख ७३ हजार रुपियाँ समेत अन्दाजी १४ लाख आठ हजार रुपियाँ बराबरका धनमाल चोरी गरेको प्रहरीले बताएको छ।

उनीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार