गएराती चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिँदा तनहुँ घर भएका सैनिक जवानको मृत्यु, अर्का घाइते

गएराती चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिँदा तनहुँ घर भएका सैनिक जवानको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ साउन २०८१
  • 48.4K
    Shares

मोटरसाइकल र कार दुर्घटना

पोखरा,१६ साउन २०८१।

चितवनको भरतपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक सैनिक जवानको मृत्यु भएको छ।

गएराति भरतपुर–१ पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारले विपरीत दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सैनिक जवानको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार नम्बर २ विपद व्यवस्थापन गण रसौली ब्यारेक चितवनमा कार्यरत सैनिक जवान तनहुँको भानु नगरपालिका १२ घर भएका २७ वर्षीय निगम नेपाली सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा तनहुँको बन्दिपुर–३ घर भएका २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन्। उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनापछि कार चालक धादिङको धुनिबेसी–७ बस्ने ४२ वर्षीय राजु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किँएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार