पोखरा,१६ साउन २०८१।
तनहुँबाट अबैध चिरानको काठ सहित एक जना पक्राउ परेका छन्। तनहु जिल्लाको घिरिङ गाउँपालिका–५ बस्ने बर्ष २५ का अबिबहादुर राना अबैध चिरान काठसहित मंङगलबार पक्राउ परेका हुन्।
तनहुँले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घिरिङ गाउँपालिका–५ बस्ने बर्ष २५ का अबिबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
व्यास नगरपालिका–१ भादगाउँ स्थित छाब्दी सडक खण्डमा प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा ग १ त ४२४१ नंम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको अवस्थामा एक सय बीस थान चिलाउने चिरान काठ भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
अबैध चिरानका काठसहित पक्राउ परेका रानालाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।