जुम्लामा चट्याङ लागेर एक जना किसान घाइते, एक सय वटा भेडा मरे

जुम्लामा चट्याङ लागेर एक जना किसान घाइते, एक सय वटा भेडा मरे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ साउन २०८१
  • 6.5K
    Shares

पोखरा,१६ साउन २०८१।

जुम्लामा चट्याङ लागेर एक जना किसान घाइते भएका छन् भने एक सय वटा भेडा मरेका छन्। जुम्लाको तिला गाउँपालिकाको वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर मंगलबार तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेका हुन्

चट्याङले लागेर तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए। चट्याङ लागेर भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका एक सय भेडा मरेका अध्यक्ष रोकायाले बताए ।

उनले अघि भने, “कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ । अध्यक्ष रोकायाले भने,“यसरी मरेका भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठूलो आर्थिक क्षति भएको छ । अब पालिकाको विपद् व्यवस्थापन समिति बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्नेछौँ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार