पोखरा,१४ साउन २०८१।
स्याङजामा आइतबार भएको बोलेरो जीप दुर्घटनामा चार जना घाइते भएका छन् । भिरकोट नगरपालिका-४ दभुङ्ग ठाँटिबाट वालिङ जाँदै गरेको ध १ ज २६ नम्वरको जिप सडकवाट १० मिटर तल खसेर भएको दुर्घटनामा चार जना यात्री घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर घाइते भएका चालक ३६ बर्षका चित्र बहादुर राना र ७२ बर्षकी शोभा थापाको हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ भने भिरकोट-४ का २८ बर्षीया धन बहादुर राना र ५१ बर्षका इन्द्र बहादुर थापा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात घर फर्किएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिए ।