ललितपुरको ग्वार्कोस्थित गेष्ट हाउसमा बास बसेको जोडी मध्ये युवतीको मृत्यु, युवाको उपचार हुँदै

ललितपुरको ग्वार्कोस्थित गेष्ट हाउसमा बास बसेको जोडी मध्ये युवतीको मृत्यु, युवाको उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ साउन २०८१
  • 8.6K
    Shares

मृत जोडी

पोखरा,११ साउन २०८१।

ललितपुरको ग्वार्कोमा रहेको सनलाइट गेष्ट हाउसमा बास बसेकी एक युवतीको मृत्यु भएको छ भने युवाको उपचार भैरहेको छ।

गोदावरी नगरपालिका- ८ डुकुछाप घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २६ वर्षीय सन्दिप बिकको साथ लागेर बिहीबार राति नौ बजे गेस्ट हाउसमा पुगेकी युवतीको निधन भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

ती युवती आज बिहानी पख बेहोस भएपछि गेष्ट हाउस संचालकले ग्वार्कोमा रहेको बीएण्डबी अस्पताल पुर्याएका थिए। ‘उपचारकै क्रममा शुक्रबार बिहान सात बजे उनको मृत्यु भएको हो,’ एसपी सुवेदीले भने।

युवकले पनि सास फेर्न कठिनाइ भएको बताएपछि प्रहरीको निगरानीमा उनको पनि बीएण्डबी अस्पतालमा नै उपचार भइरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको सुवेदीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार