धादिङको गढीमा तीनवटा चितुवा मृत भेटिए

धादिङको गढीमा तीनवटा चितुवा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ साउन २०८१
  • 6.2K
    Shares

पोखरा,११ साउन २०८१।

धादिङको थाक्रे गाउँपालिका वडा नं–१० गढीमा तीनवटा चितुवा मृत भेटिएका छन् । गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एउटा चितुवा मृत भेटिएको थाक्रे गाउँपालिका वडा नं–१० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए ।

बिहीबार दिउँसो घाँस काट्न गएका स्थानीयले चितुवा देखेर खबर गरेपछि आफूसँगै प्रहरीसहितको टोली घटनास्थलमा पुगेको वडाध्यक्ष लामिछानेले बताए ।

मृत अवस्थामा फेला परेको चितुवा सबडिभिजन वन कार्यालय बैरेनीलाई बुझाइएको छ । सो विषयमा अनुसन्धान भइरहेको सबडिभिजन वन कार्यालय बैरेनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार